नियम २२३
आर्थिक प्रशासन शाखा प्रमुखको काम र कर्तव्य
(१) अधिकार प्राप्त अधिकारीको सामान्य उत्तरदायित्वमा आर्थिक प्रशासन शाखा प्रमुखको काम र कर्तव्य देहाय बमोजिम हुनेछ ः–
(क) आयोजना र कार्यक्रम हेर्ने सम्बन्धित शाखास“ग समन्वय गरी बजेट तर्जुमा गर्ने,
(ख) आर्थिक कारोवार र सोको जिम्मेवारी बहन गर्दा यस नियमावली बमोजिम निकासा माग गर्ने र खाता सञ्चालन गर्ने व्यवस्था मिलाउने,
(ग) आय र व्ययको हिसाब किताब रीतपूर्वक राख्ने, खर्चको फा“टवारी तथा आर्थिक विवरण तयार गर्ने र त्यस्तो फा“टवारी तथा आर्थिक विवरण
अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराई समयमै सम्बन्धित निकायमा पठाउने र लेखापरीक्षण गराउने,
(घ) अन्तिम लेखापरीक्षणबाट कायम हुन आएका बेरुजुको लगत राख्ने र बेरुजु फछ्र्यौटका लागि प्रमाण जुटाई पेश गर्ने वा गराउने,
(ङ) आफू सरुवा वा बढुवा भई जा“दा आफू जिम्माको सम्पूर्ण स्रेस्ता, नगद र बैड्ढ मौज्दात, बेरुजु लगत र अभिलेख हालवाला वा निजलाई
बुझाउने गरी मातहत कर्मचारीलाई बरबुझारथ गर्ने,
(च) अधिकार प्राप्त अधिकारीले सुम्पेको आर्थिक कारोवारसम्बन्धी काम गर्ने र आर्थिक कारोबारमा निजलाई राय सल्लाह दिने,
(२) उपनियम (१) को खण्ड (क) देखि (च) सम्म उल्लिखित काम आर्थिक प्रशासन शाखा प्रमुखले आफ्नो मातहतका अन्य सहायक कर्मचारीलाई कामको बा“डफा“ड गरी जिम्मेवारी सुम्पन सक्नेछ ।
(३) आर्थिक कारोवार गर्दा प्रचलित कानून बमोजिम रीत पुगे वा नपुगेको जा“ची रीत पुगेकोमा भुक्तानीको निमित्त पेश गर्ने, रीत नपुगेको वा आफ्नो राय नलिई रीत नपुगेको कुनै कलम सदर भै भुक्तानीको निम्ति प्राप्त हुन आएमा रीत नपुगेको व्यहोरा लिखित रुपमा स्पष्ट खुलाई अधिकार प्राप्त अधिकारी समक्ष पेश गरी निजको लिखित आदेशानुसार गर्ने कर्तव्य समेत आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ
(४) उपनियम (३) बमोजिम खर्च गर्न अधिकार प्राप्त अधिकारीले आदेश दिएमा आर्थिक प्रशासन शाखा प्रमुखले सोही बमोजिम खर्च गरी त्यस्तो काम भएको सात दिनभित्र त्यस्तो खर्च भएको रकम नियमित गर्न निज समक्ष पेश गर्नु पर्नेछ । यसरी पेश हुन आएको खर्च नियमित गराउने जिम्मेवारी अधिकार प्राप्त अधिकारीको हुनेछ ।
(५) आÇनो राय अनुसार निर्णय भएको रकम कलमको हकमा आर्थिक प्रशासन शाखा प्रमुखले जिम्मेवारी वहन गर्नेछ ।